राष्ट्रिय वाणिज्य बैंकको विशेष साधारण सभा सम्पन्न
काठमाडौं, ५ भदौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । बैंकको विशेष साधारण सभा धितोपत्र दलाल, धितोपत्र ब्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताब पारित गर्दै काठमाडौंमा सम्पन्न भएको हो । बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले प्रस्ताब प्रस्तुत गर्दै बैंकले विभिन्न सहायक कम्पनी मार्फत ब्यवसाय गरी आर्थिक सबलीकरणमा सहयोग पुर्याउने विचार ब्यक्त गरे ।
हाल बैंकले २ सय २२ वटा शाखा कार्यालय, १ सय ७८ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत् सेवा दिँदै आएको छ । त्यस्तै गत आर्थिक वर्ष २०७५÷७६ को चौथो त्रैयमास सम्म बैंकले १ खर्व ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्व रुपैयाँ कर्जा लगानी गरेको र ५ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा कमाएको बैंकले जनाएको छ ।