सेयर बजारमा आज पनि गिरावट, परिसूचक १२ सय नजिक

काठमाडौं, ९ भदौ । साताको दोस्रो कारोबार दिन आज सेयर बजारमा गिरावट आएको छ। आज बजार ६.४९ अंकले घटेर १२०३.१३ को बिन्दुमा झरेको छ । कारोबारमा आएका मध्ये सबै समूहको उपसूचकमा गिरावट आएपछि नेप्सेमा दबाव परेको हो ।

सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक ६८.३ अंकले घटेको छ। त्यस्तै, नीर्जिवन बीमा २८.३६ र उत्पादन तथा प्रशोधन समूहको २२.५२ अंकले घटेको छ । कारोबार भने एक सय ७२ कम्पनीको ३८ करोड ५ लाख ९६ हजार रुपैयाँ बराबरको भएको छ । त्यस दिन प्रभु बैंकको प्रमोटर सेयरमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । बैंकको उक्त सेयर १० करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताहरु सबैभन्दा धेरै कमाएका छन् । कर्पोरेशनको सेयर मूल्य ४.८७ प्रतिशतले बढेको छ भने एनएलजि इन्स्योरेन्सका लगानीकर्ताहरुले धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्यमा ६.३३ प्रतिशतले गिरवाट आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *