Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी ट्रेडिङ्गबीच कर्जा उपलब्ध गराउने सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी ट्रेडिङ्गबीच कर्जा उपलब्ध गराउने सम्झौता

काठमाडौं, ९ भदौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.बीच गाडी खरिद गर्दा कर्जा सेवा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक रजित मास्के र ट्रेडिङ्गका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले भारतको प्रसिद्ध टाटा कम्पनी ब्राण्डको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गबाट नयाँ गाडी खरिद गर्न चाहेमा कर्जाको सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिने जनाएको छ । यो सेवा लिन चाहनेले भृकुटीमण्डपमा भाद्र १० देखि १५ गते सम्म हुने नाडा अटो शोमा बैकको स्टल नं. ई २० बाट थप जानकारी पाउन सक्न बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल बैंकले ८६ वटा शाखाहरुबाट सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x