Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

गत आर्थिक वर्षमा निर्जीवन बीमा व्यवसायमा ११ प्रतिशतको बृद्धि

गत आर्थिक वर्षमा निर्जीवन बीमा व्यवसायमा ११ प्रतिशतको बृद्धि

काठमाडौं, ९ भदौ । गत आर्थिक बर्षमा निर्जीवन बीमा व्यवसाय ११ प्रतिशतले बढेको छ । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीहरुले २१ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीहरुले १९ अर्ब ४१ करोड रुपैयाँ बीमाशुल्क आम्दानी गरेका छन् ।

निर्जीवन बिमा कम्पनीहरुमा शिखर इन्स्योरन्स सबैभन्दा अग्रपंक्तिमा छ । कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ५१ करोड रुपैयाँ आम्दानी गरेका छन् । यो रकम अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले बढी हो । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अघिल्लो वर्षमा कम्पनीले ३ अर्ब ३७ करोड रुपैया आम्दानी गरेको छ ।

त्यस्तै, दोस्रो अधिकत्तम व्यवसाय गर्नेमा सगरमाथा इन्स्योरेन्स कम्पनी परेको छ । कम्पनीले २ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो । त्यस्तै, तेस्रोमा नेको इन्स्योरेन्स परेको छ । कम्पनीले गत आवमा १ अर्ब ९१ करोड रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ अर्ब ६६ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

गत आवमा एभरेष्ट इन्स्योरेन्सले बीमा व्यवसायमा छलाङ्ग मारेको छ । कम्पनीले गत आवमा ८१ करोड १८ लाख रुपैयाँ बीमाशुल्क आम्दानी गरेको छ । यो अघिल्लो आवको सोही अवधिमा ३४ प्रतिशतले बढी हो । सो अवधिमा कम्पनीले ६० करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, नेपाल इन्स्योरेन्सको व्यवसाय ३३ प्रतिशतले बढेको छ । कम्पनी गत आवमा १ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x