Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु हुन ४ महिना बाँकी, पूर्वाधार र प्रचार–प्रसारको अभावमा २० लाख पर्यटक आउनेमा आशंका

‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु हुन ४ महिना बाँकी, पूर्वाधार र प्रचार–प्रसारको अभावमा २० लाख पर्यटक आउनेमा आशंका

काठमाडौं, ९ भदौ । सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु हुन अव ४ महिना मात्र बाँकी छ । २० लाख पर्यटक भित्र्याउने मुल लक्ष्य सहित मनाउन लागिएको भ्रमण वर्षका लागि आयोजक समिति गठन गर्ने बाहेक अन्य कामले खासै गति लिन सकेको छैन । यहि अवस्थामा भ्रमण वर्ष मनाउदा लक्ष्य पुरा नहुने पर्यटन व्यवसायीहरु बताउछन् ।

समय धेरै बाँकी नरहेकाले अहिले नेपाल भ्रमणमा आउने पर्यटकका लागि अवरोधकारुपमा रहेका साना–साना समस्या समाधान तर्फ सरकारले ध्यान दिनुपर्ने सुझाव पर्यटन व्यवसायी बसन्त मिश्रको छ। पर्यटक आगमनको लक्ष्य निर्धारण गरेपछि पुरा नगर्ने हो भने भ्रमण वर्ष नै असफल हुने भन्दै उनले प्रचार–प्रसारलाई तीब्रता दिनुपर्ने बताए । ‘टुडिखेलमा हो–हल्ला गरेर जनचेतना मात्र बढ्छ । तर पर्यटक आगमन बढ्दैन । पर्यटक बढाउन अन्तर्राष्ट्रिय प्रचार आवश्यक छ । अझ सन् २०२० मा त मलेसियाले पनि ‘भिजिट मलेसिया एयर’ मनाउदै छ । त्यसकारण पनि अन्तर्राष्ट्रियरुपमा प्रतिस्पर्धा गर्न सक्ने गरि पूर्वाधार विकास, प्याकेज निर्माण र प्रचार आवश्यक छ । ’ उनले भने ।

उसो त सरकारले यसअघि पनि सन् १९९८ र सन् २०११ मा पनि नेपाल भ्रमण वर्ष मनाई सकेको छ । यी दुबै वर्ष लक्ष्य अनुसार पर्यटक आउन सकेनन् । पछिल्लो समय नेपाल घुम्न आउने पर्यटकको संख्या केही बढेपनि पूर्वाधार अभावले समस्या सृजना गर्ने हिमालय होटलका प्रमुख कार्यकारी अधिकृत प्रल्हाद कुँबर बताउछन् । ‘भ्रमण वर्षको समय छोटिदै जादा प्रचार–प्रसार र पूर्वाधार निर्माणमा राज्य गम्भिर देखिदैन । भ्रमण वर्षमा पर्यटकलाई नेपाल आउन आकर्षित गर्न छुट सहितको प्याकेज ल्याउनुपर्नेमा त्यो पनि हुन सकेको छैन ।’ अर्थको अर्थसँग उनले भने ।

सरकारले केही समय अघि मात्र छनोट गरेको एक सय वटा पर्यटकीय गन्तव्यमा पनि आवश्यक पूर्वाधारको अभाव कमजोर छ । अर्को तर्फ भूकम्पका कारण क्षतिग्रस्त बनेका उपत्यकाकै अधिकांश सम्पदाहरु बनिसकेको छैन् । विना योजना र तयारी लक्ष्य मात्र निर्धारण गरेर भ्रमण वर्ष मनाउनु त्यति सान्दर्भिक नदेखिने व्यवसायीहरु बताउछन् ।

पर्याप्त तयारी विना भ्रमण वर्ष मनाउदा विगतका दुई अभियानले लक्ष्ति सफलता नपाएकोमा सरोकारवालाहरु जानकार छन् । तर नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री योगेश भट्टराई भने भ्रमण वर्षमा लक्ष्य अनुसार नै पर्यटक आउने दाबी गर्छन । आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नती देखि नयाँ विमानस्थल निर्माणलाई समेत तीब्रता दिएको उनले बताए । सरकारले आवश्यक पूर्वाधार र सुधारको काम गरिरहेको भन्दै उनले सबै व्यवसायीलाई आ–आफ्नो ठाउँबाट पर्यटन प्रवद्र्धन र विकासमा लाग्न आग्रह गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x