Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपालमा परिक्षण भएका कृषिजन्य बस्तुले भारतमा मान्यता पाउँने भए

नेपालमा परिक्षण भएका कृषिजन्य बस्तुले भारतमा मान्यता पाउँने भए

काठमाडौं १० भदौ । अब देखि नेपालमा परिक्षण भएका कृषिजन्य बस्तुले भारतमा मान्यता पाउने भएका छन । काठमाडौंमा सम्पन्न नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालको खाद्य प्रविधि गुण नियन्त्रण विभाग र भारतको खाद्य सुरक्षा तथा मानक प्रविधिकरण बिच भएको सहमती अनुसार नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिएका हुन् । जस अनुसार भारतको प्रयोगशालामा जाँच गरेको खाद्यान्न, फलफूल र तरकारीले नेपालमा मान्यता पाउने छ ।

भारतीय सरकारको ‘फुड सेफ्टी एण्ड स्टान्डर्ड अथोरिटी अफ इन्डिया’ कोे निर्णय अनुसार नेपालको “नेशनल फुड एण्ड फिड ल्याब्रोटरी” काठमाडौंले भारत सरकारको फुड सेफ्टि एण्ड स्टाण्डर्ड रेगुलेसन २०११ अनुसार परीक्षण गरि मान्यता पाउने भएको हो । जस अनुसार नेपालबाट भारततर्फ निकासी भईरहेको वस्तुहरुमध्ये करिब २४ खाद्यपदार्थ, फलफूल तथा तरकारीले भारतीय बजारमा सहज प्रवेश पाउने छन् ।

नेपालबाट भारतमा निकासी वस्तुमा नेपाली गुणस्तर परीक्षणलाई मान्य गरिएका वस्तुहरुमा जुस, जाम, जेली, अचार, क्याण्डि, नुडल्सलगायतका रहेको छ । ‘नेशनल फुड एण्ड फिड ल्याब्रोटरिज’ काठमाडौंले एनएबिएलले तोकेको मापदण्ड अनुसार एक्रिडिटिसन एक वर्ष्भित्रमा लिनुपर्ने र मापदण्ड सेफ्टि स्टाण्डर्ड रेगुलेशन २०११ अन्तर्गत रहनुपर्ने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x