Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बैदेशिक रोजगार कम्पनीहरू धमाधम मर्जरमा, २ सय ४ वटा कम्पनी खारेजीमा

बैदेशिक रोजगार कम्पनीहरू धमाधम मर्जरमा, २ सय ४ वटा कम्पनी खारेजीमा

काठमाडौं,१० भदौ, ।  मर्जरमा जान र धरौटी रकम बढाउन दिएको समय सिमा नजिकिदै गर्दा बैदेशिक रोजगार कम्पनीहरूले मर्जरमा जाने प्रक्रिया शुरू गरेका छन् । सरकारले बिदेशमा कामदार पठाउने बैदेशिक रोजगार कम्पनीलाई मर्जरमा जान र धरौटी रकम बढाउन भदौं १८ गते सम्मको समय सिमा दिएको छ । समय सिमा नजिकीदै गर्दा कम्पनी गाभिने प्रकृयाले गति लिएको छ । मर्जरको प्रकृया अघि बढेसंगै अव बैदेशिक रोजगार कम्पनीको सङख्या पनि घटने भएको छ। सरकारले यही भदौ १८ गते सम्ममा मर्जरको सबै प्रकृया पुरा गर्न समयसीमा दिएको छ ।

कतिपय बैदेशिक रोजगार कम्पनीबाट कामदार ठगिएको तथा थोरै धरौटी रकमले कामदार अप्ठेरोमा परेका बेला क्षतिपुर्ती दिन समेत समस्या  भएपछि सरकारले म्यानपवर कम्पनीको धरौटी रकम बढाउने निर्णय गरेको हो । यस अघि म्यानपवर कम्पनीले ७ लाख रुपैयाँ नगद र २३ लाख रुपैयाको बैङ्क ग्यारेन्टी बुझापछि म्यानपावर कम्पनी दर्ता गर्ने सकिने ब्यबस्था थियो । तर अब नयाँ व्यवस्थाअनुसार वार्षिक पाँच हजारभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीले तीन करोड रुपियाँ र पाँच हजारभन्दा बढी पठाउनेले छ करोड रुपियाँ धरौटी राख्नुपर्ने छ ।

 सरकारले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्दै वैदेशिक रोजगार व्यवसायीको धरौटी रकम बढाउने ब्यबस्था लागु गरेको हो । धरौटी रकम पुर्याउन नसक्ने कम्पनीहरू एकापसमा गाभिन सक्ने पनि ब्यबस्था गरीएको छ । नयाँ ब्यबस्था अनुसार १ सय ११ बटा कम्पनीले धरौटी रकम बढाउने र मर्जरमा जाने प्रकृया पुरा गरेका छन भने बाँकी कम्पनीले प्रकृया शुरु गरेको बैदेशिक रोजगार बिभागले जनाएको छ ।

 हाल १५ सय ३७ बटा बैदेशिक रोजगार कम्पनी बैदेशिक रोजगार बिभागमा दर्ता भएका छन । ती मध्ये ८२ बटा कम्पनीले इजाजत मात्र लिएका छन । २ सय ४ बटा कम्पनी खारेजीमा परेका छन भने ९३ वटा कम्पनीको कारोवार रोक्का गरिएको छ । एउटै ब्यक्तिले एक भन्दा धेरै कम्पनी खोलेको तथा कामदार ठग्ने गरेको र कतिपय कम्पनीले लाइसेन्स बिक्री समेत गरेको पाइएपछी सरकारले म्यानपावर कम्पनीको धरौटी बढाउने निर्णय गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x