एनआईसी एशिया रेमिटको चाडपर्व योजना सार्वजनिक, आईतबारदेखि लागु हुने

काठमाडौं, १३ भदौ । एनआईसी एशिया बैंकले दशैं तथा तिहार जस्ता चाडपर्वको अवसर पारेर चाडपर्व योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत विदेशस्थित वल्र्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद १ सय रुपैयाँको मोबाइल रिचार्ज तथा बैंकको खातामा रकम पठाउदा बैंकको तर्फबाट खातामा ३ सय ७५ रुपैयाँ बोनस जम्मा गरिदिने बैंकले जनाएको छ ।

उक्त विप्रेषण रकम बैंकका शाखा कार्यालयहरु, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग इकाई र ९ हजारभन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो योजना सेक्टेम्बर १ देखि आउँदो अक्टोबर ३१ सम्म लागू हुने जनाईएको छ ।

हाल बैंकले २ सय ९७ शाखा कार्यालय, ३ सय ५० एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *