Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

‘बैंकास्योरेन्स’लाई बन्देज गर्न नहुने समितिको निष्कर्ष, नियमनमा ध्यान दिन सुझाव

‘बैंकास्योरेन्स’लाई बन्देज गर्न नहुने समितिको निष्कर्ष, नियमनमा ध्यान दिन सुझाव

काठमाडौं, १३ भदौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकबाट बीमा पोलिसिहरु बिक्रीमा लगाएको बन्देज हटाउनुपर्ने आवाज उठ्न थालेको छ । यसअघि बैंक र बीमा कम्पनीहरुबीच ‘बैंकास्योरेन्स’ सम्झौता गरि बीमा पोलिसिहरु बिक्री गर्दै आएका थिए । तर बैंकले ऋणि र ग्राहकलाई बीमा पोलिसि लाद्ने काम गरेको भन्दै राष्ट्र बैंकले मौद्रिक नीति मार्फत रोक लगाएपनि बीमा कम्पनीहरु र स्वयंम बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि असन्तुष्टि जाहेर गरेको छ ।

समितिका अध्यक्ष अध्यक्ष चिरञ्जीवि चापागाँइले बैंकास्योरेन्सलाई बन्देज गर्न नहुने बताए । ‘राष्ट्र बैंकले आफ्नो नियमनमा रहेका बैंक तथा वित्तीय संस्थालाई रोक लगाएको हो । त्यसमा हाम्रो कुनै गुनासो छैन ।’ उनले भने, ‘तर सिद्धान्तत बैंकास्योरेन्स संसारभरि नै बीमाको वितरणको दोस्रो माध्यम हो । त्यसकारण यसलाई व्यवस्थित गर्नुपर्ने भए गरौ तर ढोका बन्द नगरौ ।’

राष्ट्र बैंकले समयमै छलफल गरि यसको हल गर्नुपर्ने अध्यक्ष चापागाँईको सुझाव छ । विगतमा बैंकबाट कर्जा लिदा बीमा अनिवार्य गर्नुपथ्यो । त्यो समयमा बैंकका कर्मचारीहरुले एजेन्टसँग मिलेर वा आफ्नो नजिकको मान्छे एजेन्ट बनाएर कमिशन लिने गरेकाले त्यसलाई निरुत्साहित गर्न संस्थागत अभिकर्तालाई १० प्रतिशत र व्यक्तिगतलाई ५ प्रतिशत कमिशनको व्यवस्था गरेको पनि उनले जानकारी दिए । राष्ट्र बैंकको यो नीतिले अर्गनाइज सेक्टरमा आउने कमिशन फेरि अनअर्गनाइज सेक्टरमा जान सक्ने तर्फ ध्यान दिन उनले सुझाव दिए ।

अहिले मुलुकमा १९ वटा जीवन र २० वटा निर्जीवन बीमा कम्पनीहरुले सेवा दिदै आएका छन् । ८ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् भने ५ लाख अभिकर्ताहरुले काम गरिरहेको समितिको तथ्यांक छ । अभिकर्ताहरुले भने बैंकास्योरेन्सको सुरुवात देखि नै विरोध गर्दै आएका थिए । राष्ट्र बैंकको यो नीतिलाई उनीहरुले स्वागतयोग्य भनेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x