Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कमजोर फैसला कार्यान्वयन, १० अर्बभन्दा बढी रकम असुल हुन बाँकी

कमजोर फैसला कार्यान्वयन, १० अर्बभन्दा बढी रकम असुल हुन बाँकी

काठमाडौं,१४ भदौं । फैसला कार्यान्वयनको अवस्था कमजोर हुँदा अदालतले दोषी ठहर गरी सजाय सुनाएका फरार अपराधिबाट १० अर्ब बढी रकम असुल उपर हुन सकेको छैन । फैसला कार्यान्वयन निर्देशनालयका अनुशार हालसम्म  नेपालमा अदालतले अपराधी ठहर गरेका एक लाख २४ हजार ४८ व्यक्ति फरार रहेका छन् । उनिहरुबाट आर्थिक जरिवाना बापत १० अर्ब रकम असुल उपर गर्नुपर्ने छ । यस्तै १ लाख २४ हजार ४८ व्यक्ति फरार हुँदा एक लाख ३८ हजार ४२ वर्ष कैद भुक्तानी बाँकी रहेको ‍छ ।

कारागारको क्षमताभन्दा कैदीको संख्या धेरै हुँदा पनि राज्यले फरार अपराधी पक्राउ गर्न चासो नदिएको हो कि भन्ने आशंका सृजना गरेको छ । फौजदारी अभियोगका थप एक लाख बढी दोषीलाई पक्राउ गरेर थुन्न सरकारसँग जेल नै छैन । कारागार व्यवस्था विभागका अनुसार अहिले देशभरका कारागारमा २१ हजार आठ सय ३५ कैदीबन्दी छन् । तर, जेलको क्षमता १५ हजार चार सय ६६ कैदी अट्ने मात्रै छ । अहिले नै कारागारको क्षमताभन्दा ६ हजार तीन सय ६९ कैदीबन्दी बढी छन् । देशको केन्द्रीय कारागार ‘जगन्नाथदेवल’मै क्षमताभन्दा धेरै कैदीबन्दी छन् । एक हजार दुई सय ५० पुरुष र दुई सय ५० महिला अटाउने क्षमताको यो कारागारमा दुई हजार चार सय ८६ पुरुष र तीन सय ६७ महिला कैदीबन्दी छन् ।  यस्तै, विराटनगरस्थित कारागार चार सय पुरुष र ७५ महिला अट्ने क्षमताको भए पनि हाल सात सय ३६ पुरुष र ८७ महिला  कैदीबन्दी छन् । सवै भन्दा बढी फरार अपराधि सूनसरी जिल्लामा रहेको छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x