टानमा प्रजातान्त्रिक समूहद्वारा सुवेदीको नेतृत्वमा व्यवसायीक प्यानल गठन
काठमाडौं, , १४ भदौ । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा प्रजातान्त्रिक व्यवसायीहरुको तर्फबाट खुम बहादुर सुबेदीको नेतृत्वमा व्यवसायीक प्यानल गठन गरिएको छ। नेतृत्व चयनका लागि भदौ २० गते टानको साधारण सभा हुँदैछ । उनी हालका बरिष्ठ उपाध्यक्ष समेत हुन ।
प्यानलको बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्वितिय उपाध्यक्षमा भरत सापकोटा, महसचिवमा कर्मा शेर्पा, कोषाध्यक्षमा रितु ग्याम्दान, सचिवमा प्रदिप घिमिरे र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ रहेका छन । त्यस्तै कार्यसमिति सदस्यहरुमा खोमराज अधिकारी (सन्तोष), सिम्बिर घले,केशवप्रसाद दाहाल, कान्छा शेर्पा र सोनाम ग्याल्जेन शेर्पा रहेका छन ।