नेपालमा घट्यो मोाईल आयात
काठमाडौ १५ भदौ । नेपालमा भित्रने मोवाईल आयातमा २२.५१ प्रतिशतले कमी आएको छ । तथ्याक अनुसार पछिल्लो एक दशकदेखि निरन्तर बढ्दै गएको मोबाइल सेटको आयात गत वर्ष भने घटेको हो ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७५÷७६ मा मुलुकमा १९ अर्ब २७ करोड ७० लाख बराबरको ४२ लाख ७५ हजार ५ सय मोबाइल हेन्डसेट आयात भएको भएको थियो । यो संख्या अघिल्लो आवको तुलनामा १९ लाख ४८ हजारवटा मोबाइल सेट कम हो । त्यस्तै, आयात रकम ५ अर्ब ६० करोडले रुपैयाँले घटेको छ । त्यसअघिको वर्ष २०७४÷७५ मा २४ अर्ब ८७ करोड ८३ लाख ७८ हजार रुपैयाँ बराबरको ६२ लाख २३ हजार ६ सय ६५ वटा मोबाइल हेन्डसेट भित्रिएका थिए ।
तथ्यांकले मोवाईल आयत घटेको देखाए पनि व्यवसायीहरु भने यसलाई स्वीकार गर्न तयार छैनन । मुलुकमा भन्सार छलेर अवैधानिक रूपमा मोबाइल भित्रन थालेपछि तथ्यांकले यस्तो देखाएको हुन सक्ने उनीहरुको भनाई छ । व्यवसायीहरुका अनुसार करिब २० देखि २५ प्रतिशत मोवाईल भन्सार छलेर भित्रने गरेको छ ।
आव २०७२÷७३ मा मुलुकमा ४९ लाख ९० हजार मोबाइल सेट आयात भएको छ । गत वर्ष ४२ लाख ७५ हजार मात्र मोबाइल सेट आएका छन् । मूल्यका हिसाबले २०७२÷७३ को तुलनामा गत वर्ष १ अर्ब ६ करोड रुपैयाले मात्रै धेरै आयात भएको तथ्यांकमा उल्लेख छ ।
सरकारले मोवाईल सेटमा कर थपेसँगै ग्रे मार्केट बढेको बताउँछन् । सरकारले आव २०७४÷७५ देखि मोबाइलमा दिदै आएको भ्याट फिर्ता सुविधालाई कटौंती गरेको छ । भ्याट फिर्ता कटौैती गरेसँग मोबाइलमा १८.५ प्रतिशत कर तिर्नुपरेको व्यवसायीहरु बताउँछन् ।