Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि ७ घण्टा बन्द

अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि ७ घण्टा बन्द

काठमाडौं, १५ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि ७ घण्टा बन्द हुने भएको छ। विमानस्थल दोस्रो चरणको स्तरोन्नतिको कामका लागि आजदेखि विमानस्थल फेरी ७ घण्टा बन्द हुने भएको हो। विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म  विमानस्थलबाट सबै उडान र अवतरण बन्द हुनेछ। आज देखि डिसेम्बर ३१ सम्म विमानस्थलको स्तरोन्नतिको काम हुने हुँदा यस अवधिभर दैनिक ७ घण्टा विमान स्थल बन्द गर्न लागिएको हो ।

दोस्रो चरण अन्तर्गत विमानस्थलको प्यारालाल ट्याक्सी वे, ट्याक्सी वे र धावनमार्ग जोड्ने लिंक रोड, रनवे सेन्टर लेन लाइटको काम हुने विमानस्थल प्रमुख क्षेत्रीले बताए। ‘दोस्रो चरणको स्तरोन्नतिका लागि आवश्यक सबै काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘समयमै काम हुन्छ।  विमानस्थल कार्यालयले स्तरोन्नतिका कारण विगतमा जस्तो उडान प्रभावित नहुने जनाएको छ। हाल विमानस्थलमा आन्तरिक र बाह्य गरी दैनिक ४ सय उडान अवतरण हुने गरेका छन्।

पहिलो चरण अन्तर्गत १८ चैतदेखि १५ असारसम्म उडान अवरतण बन्द गरेर धावनमाग निर्माणको कार्य सम्पन्न भएको थियो । दोस्रो चरणको काम सम्पन्न भएपछि विमानस्थल २४ सै घण्टा सञ्चालनमा आउने नागरिक उड्डयन प्राधिकरणको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x