सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा हसना शर्मा
काठमाडौं, भदौ । सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समिति बैठकले हसना शर्मालालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा संचालक समितिको अध्यक्ष तथा संचालकको रुपमा कार्य गरेर अनुभव बटुलेकी शर्मालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
हाल बैंकले १ सय ६३ वटा शाखा ९४ एक्स्टेन्सन् काउन्टर सहित्, १ सय १ शाखारहित बैंकिङ्ग सेवा र १ सय ८० एटीएममार्फत् सेवा दिँदै आएको छ ।