Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

वित्तीय संस्थाको गैर बैंकिङ्ग सम्पति बढ्यो, सबैभन्दा बढी वाणिज्य बैंकहरुको

वित्तीय संस्थाको गैर बैंकिङ्ग सम्पति बढ्यो, सबैभन्दा बढी वाणिज्य बैंकहरुको

काठमाडौं, १५ भदौ । बैंक तथा वित्तीय संस्थामा गैर बैंकिङ्ग सम्पति बढ्दै गएको छ । गत आर्थिक बर्ष २०७५/७६ मा वित्तीय संस्थाको गैर बैंकिङ्ग सम्पति ६ अर्ब रुपैयाँ पुगेको छ । यो रकम अघिल्लो आवको तुलनामा १ अर्ब बढी हो । अघिल्लो आवमा वित्तीय संस्थामा ५ अर्ब ७१ करोड बराबरको गैर बैंकिङ्ग सम्पति थियो ।

तथ्याङ्क अनुसार अधिकांश वित्तीय संस्थाको गैरबैंकिङ्ग सम्पत्ति बढेको छ । सबैभन्दा धेरै वाणिज्य बैंकहरूको बढेको छ । वाणिज्य बैंकहरूको यस्तो सम्पत्ति ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३४ प्रतिशतले बढी हो । विकास बैंकहरूको ६२ करोड पुगेको छ । यो रकम अघिल्लो आवको तुनलामा ५ दशमलव ६ प्रतिशतले बढी हो । वित्त कम्पनीहरूको भने ६ प्रतिशतले घटेर ५३ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले धितो सकारेपछि गैर बैंकिङ्ग सम्पति बढेको हो । केन्द्रीय बैंकले गरेको व्यवस्था अनुसार बैंकहरूले १ देखि ३ महिनासम्म कर्जाको भाका नाघेमा सूक्ष्म निगरानीमा राख्नुपर्छ । ६ महिनासम्म भाका नाघेमा कमसल कर्जा, १ वर्षसम्म भाका नाघेमा शंकास्पद कर्जा र १ वर्षभन्दा बढी भाका नाघेमा खराब कर्जाका रूपमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ ।

भाका नाघेका कर्जामा बैकहरुले लिलामी गर्न पाउँछन् । जसलाई गैर बैंकिङ्ग सम्पति भनिन्छ ।
तथ्याङ्क अनुसार एनसीसी बैंकको सबैभन्दा बढी यस्तो सम्पति छ । बैंकको ८९ करोड रुपैयाँ बराबरको गैर बैंकिङ्ग सम्पति छ । प्रभु बैकको ४४ करोड, सनराईजको ३९ करोड, बंगलादेशको ३४ करोड, एनआईसी एशियाको २७ करोड, कृषि विकासको २५ करोड, सिभिलको २२ करोड र नेपाल बंैकको २१ करोड रुपैयाँ यस्तो सम्पति रहेको जनाईएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x