एटीएम ह्याकका बिषयमा अध्ययन गर्न छानबिन समिति गठन

काठमाडौं १६ भदौ । शनिबार भएको एटीएम ह्याकका बिषयमा छानबिन गर्न नेपाल राष्ट्र बैकले ५ सदस्यीय समिति गठन गरेको छ । गभर्नर डा. चिरञ्जीबी नेपालको निर्देशनमा एटीएम ह्याक गरी करोडौ रुपैयाँ चोरी भएको बिषयमा छानबिन गर्न समिति गठन भएको हो ।

समितिको संयोजकमा राष्ट्र बैंकको भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र रहेका छन् । साथै राष्ट्र बैंककै बैंक सुपरिवेक्षण विभाग, सूचना प्रविधि विभाग, नेपाल बैंकर्स संघ र नेप्सका प्रतिनिधि रहेका छन् । समितिले २ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउनु पर्नेछ । प्रतिवेदनका आधारमा राष्ट्र बैंकले एक्सन लिनेछ ।

समितिले उपलब्ध तथ्यांकहरुको विश्लेषण गरी प्राविधिक विश्लेषण्का लागि फरेन्सीक टेस्ट गर्न सिफारिस गर्नेेछ । प्रतिवेदन बुझाएपछि फरेन्सीक ल्याब टेस्ट गरिनेछ । फरेन्सीक टेस्टपछि घटनाको तथ्य पत्ता लाग्ने केन्द्रिय बैकले बताएको छ ।

शनिबार विभिन्न बैंकको एटीएमबाट चाईनिज ह्याकरहरुले ३ करोड ५० लाख रुपैयाँ निकालेका थिए । तर, नविल बैंकका कर्मचारीको चलाखीले हयाकर समातिएका थिए । प्रहरीले यसको अध्ययन गरी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *