Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

धरौटी रकम बृद्धि गर्न नसके पछि मर्जरमा जान थाले म्यानपावर कम्पनी

धरौटी रकम बृद्धि गर्न नसके पछि मर्जरमा जान थाले म्यानपावर कम्पनी

काठमाडौं १६ भदौ । म्यानपावर कम्पनीहरु धमाधम मर्जरमा जान थालेका छन् । सरकारले म्यान पावर कम्पनीहरुको धरौटी रकम बृद्धि गरे पछि कम्पनीहरु मर्जरमा जाने भएका हुन् ।
सरकारले आगामी भदौ १८ गतेसम्म सबै म्यानपावर कम्पनीहरुलाई धरौटी रकम बृद्धि गर्न निर्देशन दिएको छ । धरौटी रकम बृद्धि गर्न नसक्ने कम्पनीहरु मर्जरमा जान थालेका हुन् ।

विभागको तथ्यांक अनुसार गत शनिबारसम्म २ सय १४ म्यानपावर कम्पनी मर्जरमा गएका छन् ।
मर्जरमा जाने म्यानपावर कम्पनी गाभिएर ९२ वटा म्यानपावर कम्पनी बन्न लागेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । विभागका अनुसार ६ वटा कम्पनीसम्म मर्जरमा जान लागेका छन् ।
शनिबारसम्म विभागमा दुई वटा म्यानपावर कम्पनी मर्जरमा जानका लागि ७५ वटा निवेदन विभागमा परेका छन् । ३ वटा म्यानपावर कम्पनी गाभिन ७ वटा निवेदन, ४ वटा गाभिन ८ वटा निवेदन, ५ वटा गाभिन १ वटा निवेदन र ६ वटा गाभिन १ वटा निवेदन परेको विभागले बताएको छ ।
त्यस्तै गत शनिबारसम्ममा ५ सय ६४ वटा कम्पनीले धरौटी रकम कायम गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x