मिटरब्याजी श्याम परदेशी ठगीको आरोपमा पक्राउ

काठमाडौं,१६ भदौ । मिटरब्याजी एव जाली तमसुक बनाएर ठगी गरेको आरोपमा श्याम परदेशी भनिने श्यामकृष्ण साह कलवारलाई प्रहरीले पक्राउ गरेको छ। सर्लाही मलंगवा नगरपालिका–४ का परदेशीलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको हो। सोही ठाउँकी रुक्मीणी चौधरीको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रदेश २ का प्रहरी प्रवक्ता डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए।

कलवारले सर्लाहीलगायत विभिन्न ठाउँका सोझासिधा गरिब, निमुखाहरुलाई ऋण लगानी गर्ने नाममा एउटै ऋणमा परिवारका विभिन्न व्यक्तिहरुसँग फरक–फरक कागज गराउने, ऋण लिएको रकमभन्दा दशौं गुणा बढिको कागज गराउनेलगायत धेरै अन्याय र शोषण गरेको उनीहरुको आरोप छ। सयौं सोझा सिधालाई कपाली तमसुक बनाएर ठगी गरेको आरोप लागेको साहले सयौं मानिसलाई ठगेको भन्दै स्थानीयले सर्लाहीदेखि काठमाडौंसम्म आएर संघर्ष गरेका छन्। पीडितहरुले ‘श्याम परदेशी पीडित संघर्ष समिति’ नै बनाएर केही दिन अघि राजधानीमा आएर आन्दोलन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *