Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

टानमा प्रजातान्त्रिक व्यवसायीको तर्फबाट सुबेदीको नेतृत्वमा प्यानल गठन

टानमा प्रजातान्त्रिक व्यवसायीको तर्फबाट सुबेदीको नेतृत्वमा प्यानल गठन

काठमाडौं, १६ भदौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को यही शुक्रबार हुँने निर्वाचनका लागि प्रजातान्त्रिक व्यवसायीहरुको तर्फबाट खुमबहादुर सुबेदीको नेतृत्वमा प्यानल गठन गरिएको छ। राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरि प्यानल सार्वजनिक गरिएको हो ।

सुबेदी प्यानलको बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितिय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा, सचिवमा प्रदीपकुमार घिमिरे, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा खोमराज अधिकारी, सिम्बर घले, सोनाम ग्याल्जेन शेर्पा, कान्छा शेर्पा, केशवप्रसाद दाहाल, सनम शेर्पा, रबन्द्रि महर्जन, तेन्जिङ शेर्पा र बुद्धकुमारी अधिकारी रहेका छन् ।

२ हजार ट्रेकिङ कम्पनीहरुको हकहित र व्यवसायीक अन्नतीका लागि व्यवसायीक प्यानल गठन गरेको अध्यक्षका उम्मेदवार सुबेदीले बताए । उक्त प्यानलले पर्वतीय पर्यटन व्यवसायीहरुको हित, पूर्वाधार विकास लगायतका क्षेत्रका उल्लेख्य काम गर्ने भन्दै सहयोगका लागि आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x