Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्रभु बैंकले माघ ७ देखी हकप्रद शेयर बिक्री गर्ने

प्रभु बैंकले माघ ७ देखी हकप्रद शेयर बिक्री गर्ने

काठमाडौं, १८ पौष । प्रभु बैंक लिमिटेडले माघ ७ गते वाट हकप्रद शेयरको बिक्री खुल्ला गर्ने जनाएको छ । बैंकले १० बराबर ४ कित्ता अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

प्रभु बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको २ अबर्क ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँ बराबरको २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । बैंकले निष्कासन गर्न लागेको उक्त हकप्रद शेयरको बिक्री बन्द फागुन १३ गते गर्नै जनाएको छ ।

बैंकले जारी गर्ने ४० प्रतिशत हकप्रद शेयरको पुँजीकरण पछि बैंकको चुक्ता पुँजी ८ अर्ब २४ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x