Shangrila

जनउत्थान सामुदायिक लघुवित्तको मुल्य समायोजन

काठमाडौं, १८ पौष । लाभांश प्रयोजनको लागि जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको शेयर मुल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जले लघुवित्तको शेयर ३०८३ रुपैयाँमा मुल्य समायोजन गरेको छ । लघुवित्तले २० प्रतिशत बोनस शेयर दिने भएपछि शेयर मुल्य समायोजन गरिएको हो । नेप्सेका अनुसार लघुवित्तको शेयर आधार मुल्य १९७५ रुपैयाँ रहेको छ ।

लघुवित्तको पौष ३० गते बस्ने सातौं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने बताएको छ । लघुवित्तले लाभांश प्रयोजन र वार्षिक साधारण सभाका लागि पौष १८ गते ३० गतेसम्मका लागि शेयर दर्ता किताव बन्द गर्ने जनाएको छ । सोहि साधारण सभामा लघुवित्तले बोनस शेयर वितरण पछि १ बराबर १ कित्ता हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव लाँदै छ ।

laxmi_muddati_ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *