Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

दशै आयो, आएनन् खसीबोका

दशै आयो, आएनन् खसीबोका

काठमाडौ १७ भदौ । चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा एउटा पनि खसीबोका भित्रिएका छैनन । हिन्दुहरु महान पर्व दशै नजिकिदै गर्दा पनि खसीबोका नभित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत आवको सोही अवधिमा भने ३७ करोड २१ लाख रुपैयाँभन्दा धेरैको खसीबोका भित्रिएका थिए ।

सरकारले फागुनदेखि पशु आयातमा हुने क्वारेन्टाइनमा कडाइ गरेको छ । सरकारले स्वास्थ्य परिक्षणलाई अनिवार्य गरेपछि खसीबोकाको आयात सहज हुन नसकेको हो । विदेशबाट आयात गरिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइनमा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण प्रमाणपत्र पेस गर्नुपर्छ । क्वारेन्टाइनमा कडाइपछि मासुको मूल्य वृद्धि भइसकेको छ । साथै चाडपर्वले मासुको माग बढाएको छ । तर, माग अनुसारको आपूर्ति हुन नसकेको व्यवसायीहरु बताउँछन् ।

नेपालमा बार्षिक अर्बौं रुपैयाँको खसी बोका लगायतका पशु आयात हुने गरेका थिए । भन्सार विभागको तथ्यांकअनुसार गत आवमा २ अर्ब ६५ करोड ५१ लाख रुपैयाँको खसीबोका आयात भएका थिए । उक्त मूल्यमा मुलुकमा १९ लाख ३३ हजार ३ सय खसीबोका भित्रिएका थिए भने १७ लाख ७९ हजारको ३ लाख १६ हजार भेडा भित्रिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x