Date

सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

ललिता निवासको जग्गा प्रकारण, ५८ जनालाई ७ दिन भित्र उपस्थित हुन अख्तियारको निर्देशन

ललिता निवासको जग्गा प्रकारण,  ५८ जनालाई ७ दिन भित्र  उपस्थित हुन अख्तियारको निर्देशन

काठमाडौं,१८ भदौं, ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासको जंग्गा प्रकरणको छानविनका लागि ५८  जनालाई सात दिन भित्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उपस्थित हुने निर्देशन दिएको छ । गोरखापत्र दैनिकामा सार्वजानिक सूचना जारी गर्दै अख्तियारले  अनुसन्धामा बुझनुपर्ने भएकाले ७ दिन भित्र अख्तियारको मुख्यालय टंगालमा हाजिर हुन निर्देशन दिएको छ।  उनिहरु कुनै न कुनै रुपमा बालुवाटारको जग्गा खरिदविक्रीमा जोडिएको भन्दै अख्तियारले अनुसन्धाका लागि बोलाएको हो ।  

बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन्।  सरकारले ५४ वर्षअघि मुआब्जा दिएर ललितानिवासको जग्गा अधिग्रहण गरेको थियो। राजनीतिक नेता, मन्त्रिपरिषद्का सदस्य, मन्त्रालयका सचिव, मालपोतका कर्मचारी, व्यापारी र भूमाफियाको मिलेमतोमा ललितानिवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी जग्गा हडपिएको तथ्य वहिर आएसँगै अख्तियारले छानविन सुरु गरेको छ । डिल्लीबजार मालपोतका तत्कालीन मालपोत अधिकृत कलाधर देउवालगायत फाइल पेश गर्ने, राय लेख्ने तथा पछि फाइल गायव पार्ने २२ जना कर्मचारीमाथि यसअघि नै छानविन शुरु भइसकेको छ।

बयानका लागि बोलाएकाहरुको सूची

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *