Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

चालु आवको पहिलो महिनामै झण्डै १ खर्ब ब्यापार घाटा

चालु आवको पहिलो महिनामै झण्डै १ खर्ब ब्यापार घाटा

काठमाण्डौ १८ भदौ । चालु आर्थिक बर्ष २०७६। ०७७ को पहिलो महिनामा ब्यापार घाटा झण्डै १ खर्ब भएको छ । भन्सार विभागको तथ्यङ्क अनुसार साउन महिनामा नेपालले १ खर्ब ६ अर्ब ७२ करोड रुपैयाँ बराबरका वस्तु तथा सेवा आयात गरेकोमा जम्मा ८ अर्ब ७७ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ ।

जसबाट आर्थिक बर्षको पहिलो महिनामै नेपालको व्यापार घाटा ९७ अर्ब ९५ करोड २५ लाख रहेको छ ।  जस मध्ये सवै भन्दा बढी भारतबाट ६७ अर्ब ८१ करोड रुपैयाँको सामान आयात भएको छ । यस्तै, चीनबाट १८ अर्ब ५३ करोड र इण्डोनेसियाबाट २ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको विभागले जनाएको छ ।  गएको आर्थिक वर्षमा १३ खर्ब २१ अर्ब रुपैयाँको व्यापार घाटा बेहोरेको नेपालले चालु आर्थिक वर्षमा पनि ठूलो ब्यापार घाटा बेहोर्ने देखिएको छ  । आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमै व्यापार घाटा झण्डै १ खर्ब रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x