Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

दुई दिन पछि स्वदेश फर्कन लागेका ओलीले किन बोलाए बामदेवलाई सिंगापुर ?

दुई दिन पछि स्वदेश फर्कन लागेका ओलीले किन बोलाए बामदेवलाई सिंगापुर ?

काठमाडौं,१८ भदौ । यही शुक्रवार स्वदेश फर्कन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले संगठन विभाग प्रमुख बामदेव गौतमलाइ सिंगापुर बोलाएपछि गौतम आज सिंगापुर जादै छन् । स्वास्थ्य लाभ गरेर  दुई दिन पछि नेपाल फर्कनै लाग्दै गर्दा प्रधानमन्त्री ओलीले बामदेव गौतमलाई सिंगापुर बोलाउनुले पार्टी भित्र निर्णयक भूमिकामा बामदेवलाइ लिएको सन्देश प्रवाह भएको छ । विशेष राजनीतिक संवादका लागि नै सिंगापुरमा रहेका प्रधामन्त्री ओलीले बामदेवलाई फोन गरेर भेटका लागि बोलाएको पार्टी नेताहरुले बताएका छन् । पार्टी उच्च स्रोतका अनुशार बामदेवसँग पार्टीको संगठन, पार्टिका अर्का अध्यक्ष एव तत्कालीन माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसँग भएको पार्टि र सत्ता संचालनको सहमती र प्रतिनिधि सभाको सदस्यको उप निर्वाचनमा पोखराबाट बामदेवको उम्मेदवारी लगायतका विषयमा कुरा हुने छ । पछिल्लो समय माधव नेपाललाई किनारा लगाउदै आएका प्रधानमन्त्री ओलीले बामदेव गौतमलाई पार्टिको संगठन विभागको जिम्मेवारी दिने देखि उपाध्यक्ष बनाउने प्रस्तावअघि सारेर गौतमलाइ उत्तराधिकारीको रुपमा अघि सार्न खोजेको सन्देश दिएका छन् । सरकारको निरन्तरता देखि पार्टि संचालनमा सहजतका लागि पनि गौतमको साथ लिनु पर्ने भएपछि मात्र ओलीले गौतमसँग विशेष सहमती समझदारी गर्ने गरी गौतमलाइ सिंगापुर बोलाएको हुन सक्ने विश्लेषण राजनीतिक बृतमा भएको छ ।

गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि गौतम र ओलीको दूरी बढेको थियो । गौतमले रामवीर मानन्धरलाई राजिनामा गराएर काठमाडौं-७ मा उपचुनाव लड्ने प्रयासमा ओलीले असहयोग गरेको बुझेपछि उनी प्रचण्ड र माधव नेपालसँग नजिक भएका थिए । त्यसपछिका पार्टिको बैठकमा गौतमले फरक मत प्रस्तुत मात्र गरेनन्, ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने समेत अडान राख्न थाले । गौतम टाढिँदा केन्द्रीय सचिवालयमै संख्यात्मक हिसाबले अल्पमतमा पर्ने अवस्था आएपछि ओली गौतमलाइे फकाउने रणनीतिमा सूरु गरेका छन् । कुनै बेला संगठन विभागमा प्रचण्डले गौतमलाइ प्रस्ताव गर्दा राम बहादुर थापा बादलाइ उपयुक्त देख्ने प्रधानमन्त्री ओली गौतमलाइ नै संगठन विभागको जिम्मेवारी दिएर गौतमसँग सम्वन्ध सुधारको बाटो खुला गरेका छन् । यसैको निरन्तरता र गौतमसँगको सहकार्यमा मात्र पार्टि संचालनमा सहजता हुने निश्कर्षमा ओली पुगेपछि विशेष संवादका लागि नै गौतमलाई सिंगापुर बोलाइएको हुन सक्ने नेकपा नेताहरु बताउछन् ।

यस अघि हिजो पार्टी महासचिव विष्णु पौडेल प्रधानमन्त्री ओलीलाई भेट्न त्यसतर्फ गइसकेका छन् । सोमबार दुवैजना सँगै जाने सूचना बाहिर आएपनि मंगलबार पौडेल एक्लै उडेका थिए । गौतमले विज्ञाप्ति मार्फत आफु सिंगापुर जाने भन्ने विषय सहि नभएको जानाकारी गराएका थिए । तर प्रधानमन्त्री ओलीले फेरि फोन गरेर बोलाएपछि गौतम आज दिउँसो १ बजे सिल्क एयरको विमानबाट सिंगापुर प्रस्थान गर्ने उनको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्य उपचार प्रक्रिया आज (बुधबार) सकिँदैछ । उनी शुक्रबार स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x