Date

बिहि, असार १९, २०८२
Thu, July 3, 2025

एनआईसी एशियाको मोबाइल बैंक प्रयोग गरी ‘वान प्लस सेभेन’ किन्दा १० प्रतिशत क्यास ब्याक हुने

एनआईसी एशियाको मोबाइल बैंक प्रयोग गरी ‘वान प्लस सेभेन’ किन्दा १० प्रतिशत क्यास ब्याक हुने

काठमाडौं, १८ भदौ । ग्लोबल कि टेक्नोलेजिजको रिचार्जर एपबाट एनआईसी एशियाको मोबाइल बैंक प्रयोग गरी वान प्लस सेभेन मोबाईल फोन खरिद गर्दा १० प्रतिशत क्यास ब्याक हुने भएको छ । उक्त एपको क्यूआरार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा क्यास ब्याक हुने बैंकले जनाएको छ ।

यो योजना लागु गर्न बैंक र ग्लोबल कि टेक्नोलेजिजबीच मंगलबार सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र टेक्नोलेजिज कम्पनीका अध्यक्ष किसन राईले हस्ताक्षर गरेका हुन् ।

यो योजना भदौ १८ गते (आज)बाट लागु भई असोज १ गते समाप्त हुने बैंकले जनाएको छ । रिचार्ज एपले ल्याएको यस्तो योजनामा अन्य बैंकको मोबाइल बैंकिङ मार्फत् उ्रक्त मोबाईल फोन खरिद गर्दा ५ प्रतिशत मात्र क्यास ब्याक प्राप्त हुनेछ ।

हाल बैंकले २ सय ९७ शाखा कार्यालय, ३ सय ५० एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *