Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मर्जिन लेन्डिङ अन्तिम चरणमा, केही साताभित्रै ब्रोकरबाटै सेयर कर्जा पाईने

मर्जिन लेन्डिङ अन्तिम चरणमा, केही साताभित्रै ब्रोकरबाटै सेयर कर्जा पाईने

काठमाडौ २१ भदौ । आगामी केही साता भित्रै सेयर ब्रोकरले “मार्जिन लेन्डिङ” को कार्य सुर गर्ने भएका छन् । यसका लागि सम्बन्धित सबै निकायले अन्तिम तयारी पुरा गरेको बताएका छन् ।
नेपाल धितोपत्र बोर्डले धेरै समय अघि नै सेयर ब्रोकरले “मार्जिन लेन्डिङ” को व्यवस्था गरेको थियो । तर, सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले कारोबार राफसाफ सम्बन्धी व्यवस्था गर्न नसक्दा कार्यन्वयन भने हुन सकेको थिएन । सिडिएससीले आफनो विनियमावलीमा संशोधन गरी लामो समय देखि अल्झिएको कार्यलाई पूर्णता दिने भएको छ ।

सिडिएससीले गरेको नयाँ व्यवस्था अनुसार अब देखि लगानीकर्ताले मार्जिन कारोबार अन्तर्गत खरिद गरेको धितोपत्र जम्मा हुने गरी छुट्टै हितग्राही खाताको व्यवस्था गरेको छ । योसँगै मार्जिन लेन्डिङको बाटो खुलेको छ ।

सेयर ब्रोकरले सेयर लगानीकर्तालाई सेयर खरिदका लागि दिने कर्जालाई ‘मार्जिन कर्जा’ भनिन्छ । यस्तो खालको कर्जा लिनका लागि लगानीकर्ताले आफूले लगानी गर्न चाहेको रकमको ५० प्रतिशत रकम जम्मा गर्नुपर्छ । बाँकी ५० प्रतिशत रकम ब्रोकरले ऋण प्रदान गर्छन् । तर, सबै ब्रोकर कर्जा प्रवाह गर्न पाउँदैनन् । कर्जा प्रवाह गर्नका लागि ब्रोकर कम्पनीको चुक्ता पुँजी कम्तीमा ५ करोड रुपैयाँ भएको हुनुपर्छ । यस्ता कम्पनीले बैंकसँग ऋण ल्याएर र आफ्नो स्वपुँजीबाट कुल नेटवर्थ (सम्पत्ति) को दुई गुणासम्म मात्र ग्राहकलाई कर्जा दिन सक्नेछन् । यसका लागि नेप्से र राष्ट्र बैंकबाट २१ ब्रोकरमध्ये १४ वटाले अनुमति पाइसकेका छन । ७ ब्रोकर कम्पनी प्रक्रियामा छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x