टानको अध्यक्षमा सुवेदी विजयी

काठमाडौं २१ भदौ । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा खुमबहादुर सुवेदी निर्वाचित भएका छन् । हिजो सम्पन्न टानको निर्वाचनमा अध्यक्षका प्रत्यासी अञ्जन थापा (कुमार) लाई ८३ मतले पराजित गर्दै सुवेदी विजयी भएका हुन् ।

निर्वाचनमा सुवेदीले ५२१ मत ल्याएका थिए । थापाले ४३८ मत ल्याएका थिए । महासचिवमा सरिता लामा निर्वाचित भएकी छिन् । उनले १३ मत बढी ल्याएर अर्का प्रत्यासी कर्मा शेर्पालाई पराजित गर्दै विजयी भएकी हुन् । समितिको सदस्यहरुमा सुवेदी समुहबाट बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समुहका दामोदर ढकाल निवार्चित भएका छन् ।

कोषाध्यक्षमा सुवेदी समुहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ निर्वा्चित भएका छन् । महिला सदस्यमा थापा समुहकी ङिमादिकी शेर्पा निर्वा्चित भएकी छिन् । सदस्यमा थापा समुहको पाँच जना ठाकुर सापकोट, प्रेम बहादुर लामा मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समुहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *