Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कर कार्यलय र बैकमा बुझाउँने विवरण एउटै हुनुपर्ने, अन्यथा ऋण नपाईने

कर कार्यलय र बैकमा बुझाउँने विवरण एउटै हुनुपर्ने, अन्यथा ऋण नपाईने

काठमाडौं २१ भदौ । अब देखि व्यवसायीहरुले कर कार्यलय तथा वित्तीय संस्थामा बुझाउँने विवरण एउटै हुनुपर्नेछ । अन्यथा व्यवसायीहरुले ऋण नपाउँने भएका छन् ।

नेपाल राष्ट्र बैकले परिपत्र जारी गर्दै कर कायलयको विवरणसँग रुजु गरेर मात्रै व्यवसायीहरुलाई ऋण दिन निर्देशन दिएको छ । व्यवसायीहरुले कर कार्यलयमा घाटामा गएको र बैकमा नाफा रहेको विवरण बुझाउँन थालेपछि कर कार्यलय र नेपाल राष्ट्र बैकले यस्तो खालको व्यवस्था गरेका हुन् ।

व्यवसायीहरुले सरकारलाई कर कम बुझाउँन घाटा भएको विवरण बुझाउँने र बैकबाट कर्जा लिनका लागि नाफामा गएको विवरण बुझाउँने गरेका छन् । तर, अब देखि एउटै खालको विवरण नबुझाएमा व्यवसायीहरुले ऋण नपाउँने भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x