सिभ्रिक एयरलाईन्सको उडान प्रतिबन्धलाई फुकुवा गरयो प्राधिकरणले

काठमाडौ २० भदौ । सिभ्रिक एयरलाईन्सले भोलि (शनिबार) देखि उडान पुन ं सुरु गर्ने भएको छ । नेपाल नागरिक उडडन प्राधिरकणले एयरलाईन्समा लगाएको प्रतिबन्ध फुकुवा गरेपछि उडान सुचारु हुने भएको हो । एयरलाईन्सले अब देखि प्राधिकरणको स्वीकृतिमा मात्रै बिमानमा पार्टपुर्जा प्रयोग गर्ने सर्त सहित उडान बन्देज फुकुवा गरेको हो ।

एयरलाईन्सले बिचक्राफट १९०० बिमानमा प्रयोग हुने पाटपार्ट आफुखुशी प्रयोग गर्दै आएको गर्दै आएपछि प्राधिकरणले एयरलाईन्सका सबै बिमान उडानमा रोक लगाएको थियो । एयरलाईन्सले प्रयोग गरेको पार्टपुजाका कारण हवाई सुरक्षामा गम्भिर असरे पारेको प्राधिरकणले बताएको थियो ।
प्राधिकरणले गत ४ गते एयरलाईन्सको उडानमा प्रतिबन्ध लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *