साइबर सेक्युरिटी अहिलेको मुख्य चुनौती र चिन्ता : अर्थमन्त्री खतिवडा
काठमाडौ २० भदौ । अर्थमन्त्री डा.युवराज खतिवडाले साइबर सेक्युरिटीका बारेमा राष्ट्र बैंकलाई १८ दिनअघि नै पत्र पठाएको बताएका छन् । विहीबार आर्थिक पत्रकारहरुसँगको भेटघाटमा मन्त्री खतिवडाले साईबर सुरक्षाको बारेमा केन्द्रिय बैकलाई पत्रचार गरेको बताएका हुन् ।
पत्रकारहरुसँग आर्थिक क्षेत्रमा बिषयमा कुरा गर्दै मन्त्री खतिवडाले साईबर सुरक्षा महत्वूर्ण भएको बताए । “साइबर सेक्युरिटी अहिलेको चुनौती र चिन्ताको विषय हो,’ उनले भने, ‘मैले १८ दिनअघि नै साइबर सेक्युरिटीका बारेमा राष्ट्र बैंकलाई पत्र पठाएको थिएँ ।’ पत्रमा के कुरा उल्लेख गरिएको थियो भन्ने बारेमा भने उनले केही बोलेनन् ।