दसैं तिहार अगाडी सार्वजनिक सवारीको भाडा नबढने, असोज पहिलो साताबाट अग्रिम टिकट बुकिङ

काठमाडौं,२२ भदौ । आसन्न दसैं तिहार अगाडी सार्वजनिक सवारीको भाडा बृद्धि नगरिने भएको छ  । सरकार उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दशैअगाडी सार्वजनिक यातायातको भाडा बृद्धि नगर्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

व्यवसायीहरुले लामो समयदेखि भाडा बृद्धिको माग गर्दै आए पनि विभागसँग छलफलमा दसैंअगाडी भाडा नबढाउने तर त्यसपछि समिति बनाएर भाडा निर्धारण गर्ने सहमति भएको हो । यसै गरी असोजको पहिलो साताबाट आग्रिम टिकट बुकिङ पनि खुलाउने विषयमा बिभाग र ब्यवसायी बीच सहमती जुटेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *