Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

नेपाल चीन बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने

नेपाल चीन बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने

काठमाडौं,२२ भदौ ।  भोलीबाट सुरु हुने नेपाल र चीन दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने भएको छ । बैठकमा दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा विषयमा छलफल हुने छ । 

चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएका समझदारी, रेलमार्ग निर्माण तथा परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौतालगायत विषयमा केन्द्रित रहेर वार्ता हुने बताइएको छ । चार वर्षको अन्तरालमा चिनियाँ विदेशमन्त्रीबाट यो भ्रमण हुन लागेको छ ।

नेपालको विकासको भरपर्दो साझेदार चीनले हासिल गरेको भौतिक एवं आर्थिक विकासबाट नेपाल कसरी लाभान्वित हुनसक्छ भन्नेमा नेपालको ध्यान केन्द्रित रहेको उल्लेख गर्दै उहाँले वार्तामा द्विपक्षीय हित, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विविध विषयमा पनि विचारविमर्श हुने छ । विदेशमन्त्री वाङको यो भ्रमणलाई चिनियाँ राष्ट्रपति सी चीनफिङको भावी नेपाल भ्रमणको पूर्वतयारीका रुपमा लिइएको छ । विदेश मन्त्री वाङ्ग आजै नेपाल आउदै छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x