Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पत्रकार समाजको चस्मा हैन आँखा बन्न सक्नुपर्छः अर्थमन्त्री खतिवडा

पत्रकार समाजको चस्मा हैन आँखा बन्न सक्नुपर्छः अर्थमन्त्री खतिवडा

काठमाडौं, २२ भदौ । अर्थमन्त्री डा.युवराज खतिवडाले पत्रकार समाजको आँखा भएकाले चस्मा नबन्न आग्रह गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री खतिवडाले पत्रकारले सचेत भएर समाचार संकलन गरी सर्वसाधारणलाई सुसूचित गर्नुपर्नेमा जोड दिए ।

उनले पछिल्लो समय समाचारमा विभिन्न किसिमका दुविधा हुने सूचनाहरु सम्प्रेशण हुन थालेकाले यसमा सचेत भएर देश र समाजको हितमा अनुसन्धानमूलक समाचार लेखनमा पत्रकारले ध्यान दिनु पर्ने बताए । भिडभाडमा गएर समाचार संकलन गर्नु भन्दा अनुसन्धानमूलक समाचार लेखनमा चुनौति भएकाले यस्ता चुनौति तर्फ पत्रकार नै चनाखो हुनुपर्ने उनको भनाई छ ।

अझ आर्थिक पत्रकारहरुले समग्र देशको मात्र नभएर विश्व अर्थतन्त्रलाई ख्याल गरेर समाचारलाई विश्वसनीय बनाउनु पर्नेमा उनको जोड छ । सरकार स्थिर नहरने भएकाले सरकारले गरेका राम्रा कामलाई प्रचार–प्रसार र नराम्रा कामलाई खबरदारी गर्नु पत्रकारको धर्म भएकाले यो कुरा सबैले मनन गर्न आवश्यक रहेको मन्त्री खतिवडाको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x