Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाल र भारतका प्रधानमन्त्रीले ‘हाइटेक’ प्रविधिबाट पेट्रोलियम पाइपलाइन उद्घाटन गर्दै

नेपाल र भारतका प्रधानमन्त्रीले ‘हाइटेक’ प्रविधिबाट पेट्रोलियम पाइपलाइन उद्घाटन गर्दै

काठमाडौं,२४ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधामन्त्री के पी शर्मा ओलीले हाइटेक प्रविधिबाट मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको एकै साथ उद्घाटन  गर्ने भएका छन् । आज मध्यान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री ओलीले र उहाँका भारतीय समकक्षी मोदीले नयाँ दिल्लीस्थित हैदराबाद भवनबाट एकैसाथ स्विच थिचेर पेट्रोलियम पाइपलाइन उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

पेट्रोलियम पाइपलाइन उद्घाटनको सम्पूर्ण तयारी पूरा भइसकेको प्रधामन्त्री कार्यालयले जनाएको छ । दुवै मुलुकका प्रधामन्त्रीले स्विच थिचेपछि रिमोटको सेन्सर हुँदै कम्प्युटरको सेन्सरमार्फत अमलेखगन्जस्थित डिपोको युनिटको भल्व खुल्ने छ र त्यसपछि पाइपलाइनमार्फत नियमित रूपमा तेल आपूर्ति सुरु हुने छ। यसअघि नै पाइपलाइनको सफल परीक्षण भइसकेको छ।

उद्घाटनसँगै विगत डेढ दशकदेखि चर्चामा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनले पूर्णता पाउने पाइपलाइन हुँदै भारतबाट नियमित पेट्रोलियम पदार्थ आपूर्ति नेपाल आयल निगमले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x