चिनियाँ विदेशमन्त्री वाङसँग नेपालको आर्थिक विकासमा सहयोगका लागि प्रचण्डको अपिल
काठमाडौं,२४ भदौ । नेपाल भ्रमणमा रहेका चीनियाँ विदेशमन्त्री वाङ र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान भेटवार्ता भएको छ। काठमाडौंको नक्सालस्थित मेरियट होटलमा भएको भेटमा भेटमा दुई देशबीच सदियौंदेखि रहँदै आएको सम्बन्ध अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको बताइएको छ ।
‘नेपालको आर्थिक विकासमा चीन सरकार तथा चिनियाँ जनताको सहयोग, हाम्रो अपेक्षा तथा दुई सरकारबीच सहकार्य विस्तारका साथै राष्ट्रपति (चिनियाँ) को नेपाल भ्रमणबारे पनि चर्चा ग¥यौं,’ प्रचण्डले बैठकपछि पत्रकारहरूमाझ भने, ‘यी सबै विषयमा मन्त्रीज्यू (वाङ) असाध्यै सकारात्मक र उत्साहजनक रूपमा प्रस्तुत हुनुभएको छ, मलाई आशा छ आउने दिनमा चीन र नेपालबीच सम्बन्ध अझ सदृढ हुनेछ।’ साथै चीनका राष्ट्रपपित सी चिनफिङको नेपाल भ्रमणबारे पनि कुराकानी भएको उनले जानकारी गराए ।
यस अघि आइताबर वेलुका नेपाल आएका वाङ् यीले परराष्ट्रमन्त्री स्तरीय बैठक सकाएपछि राष्ट्रपति विध्यदेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली सँग भेटवार्ता गरेका थिए ।