Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

हिमालयन हाइड्रो एक्स्पो २०१८ को तयारी पुरा, एक्स्पोको राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्ने

हिमालयन हाइड्रो एक्स्पो २०१८ को तयारी पुरा, एक्स्पोको राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्ने

काठमाडौं, १९ पुस । यही पुस २१ गते देखि आयोजना हुन लागेको अन्तर्राष्ट्रियस्तरको हिमालयन हाइड्रो एक्स्पो २०१८ को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक संस्था स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले प्रेस विज्ञपती जारी गर्दै एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवि भण्डारीले गर्ने जानकारी दिएको छ । उद्घाटन कार्यक्रम यही पुष २१ गते शुक्रबार विहान ११ बजे हुनेछ । ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपाल सरकारको लक्ष्यलाई यो मेलाले विशेष सहयोग पुरयाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ । राजधानीमा तीन दिनसम्म चल्ने एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीहरु लगायत झण्डै सय वटा भन्दा बढी स्टल रहने छन् । जसमध्ये करिब पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको सहभागिता रहने छ ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने भएको छ । विदेशी कम्पनीहरुको सहभागिता रहने भएकाले नेपालको जलविद्युतको बजार बिस्तारका साथै अनुभव आदान प्रदान गर्न एक्स्पोले महत्वपूर्ण योग्दान पु¥याउने विश्वास लिइएको छ । यसै गरी हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवा बिच प्रतिस्पर्धा समेत गराइने भएको छ । यस क्षेत्रसँग सम्बन्धित नयाँ वस्तु तथा अवधारणा विकास गर्नेहरु मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कृत समेत गरिने छ ।

उक्त प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ पचपन्न पैसा तथा द्वितीय र तृतीय हुनेलाई क्रमश २२ हजार २२२ रुपैयाँ २२ पैसा र ११ हजार १११ रुपैयाँ ११ पैसा नगद पुरस्कार प्रदान गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x