एडीबीको ‘टीएफपी अवार्ड २०१९’द्वारा हिमालयन बैंक सम्मानित

काठमाडौं, २४ भदौ । एशियाली विकास बैंक (एडीबी) ले हिमालयन बैंक लिमिटेडलाई टे«ड फाईनान्स कार्यक्रम अन्तर्गत ‘टीएफपी अवार्ड २०१९–लेडिङ पार्टनर बैंक ईन नेपाल’ प्रदान गरेको छ । एडीबीले हिमालयन बैंकलाई एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरेको हो ।

गत सेप्टेम्बर ३, २०१९ मा सिंगापुरमा आयोजित एडीबी ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा बैंकका महाप्रबन्धक सुशिल जोशी र मुख्य प्रबन्धक सतीश राज जोशीले उक्त अवार्ड ग्रहण गरेका हुन् ।
बैंकले हालसम्म तेश्रो पटक यो अवार्ड प्राप्त गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *