सिन्धु विकास बैंकको शाखा चितवनको विकास चोकमा

काठमाडौं, २४ भदौ । सिन्धु विकास बैंकले चितवनको भरतपुरस्थित विकासचोकमा शाखा कार्यालय विस्तार गरेको छ । विकासचोक शाखाको उद्घाटन चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले गरेका हुन् ।

बैंकले निकट भविष्यमा नै चितवनको नारायणगढ, चनौली, लाहुरे चोक र मकवानपुरको हेटौंडा बजारमा शाखा कार्यालय विस्तार गर्ने बताएको छ । हाल बैंकले २० वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *