Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बैंकहरुलाई आइटी सेक्युरिटी अडिट गर्न राष्ट्र बैकको निर्देशन

बैंकहरुलाई आइटी सेक्युरिटी अडिट गर्न राष्ट्र बैकको निर्देशन

काठमाडौ २५ भदौ । नेपाल राष्ट्र बैकले बैक तथा वित्तीय संस्थाहरुलाई आईटी सेक्यूरिटी अडिट गर्न निर्देशन दिएको छ । गत भदौ १४ गते चिनियाँहरूले नेपाली बैंकको प्रणाली ह्याक गरेर पैसा लुटेपछि नियामक नेपाल राष्ट्र बैंकले बैंकहरूलाई प्राविधिक क्षमता सुदृढ गर्न निर्देशन दिएको हो ।
केन्द्रिय बैकले सूचना प्रविधि प्रणालीमा अन्तरनिहित आन्तरिक एवं वाह्य सुरक्षाको जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि निर्देशन जारी गर्दै बैक तथा वित्तीय संस्थाहरुलाई समय समयमा सेक्यूरिटी अडिट गर्न निर्देशन दिएको हो ।

वित्तीय संस्थाहरूले आफ्नो वेबसाइट, मोबाइल एप, सामजिक सञ्जाल, वालेट भाइरस, ¥यानसोमवेरजस्ता बाह्यीय जोखिम नियन्त्रका लागि सचेत हुन सुझाव दिएको छ । स्पम, सिसिङ, स्पुफिङलगायतका माध्यमबाट अनाधिकृत पहुँच गरी सूचना चुहावट र आर्थिक चोरीको जोखिम रोक्नका लागि पेरिमिटर डिफेन्स, एसेज कन्ट्रोल, इनक्रिप्सन, एन्टीभाइरस, फायरवेलजस्ता प्राविधिक क्षमता सुदृढ गर्न निर्देशन दिइएको छ ।

राष्ट्र बैंकले सूचना आदनप्रदान गर्दा, भुक्तानी आदेश एवं सेवा प्रवाह गर्दा अवलम्बन गरेका प्रणालीको सत्यता जाँच गरेर मात्र गर्ने ब्यवस्था मिलाउन पनि निर्देशन दिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x