Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आज देखि तेस्रो पूर्वाधार सम्मेलन सुरु

काठमाडौं २५ भदौ । बुधबार (आज) देखि काठमाडौमा तेस्रो पूर्वाधार सम्मेलन सुरु हुने भएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई) र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा दुई दिने सम्मेलन सुरु हुने भएको हो ।

सम्मेलनमा लगानी बोर्डले २१ वटा आयोजना र ७ वटै प्रदेशले ८० वटा आयोजना शोकेस गर्ने भएका छन् । सम्मेलानमा दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हाङ सिउङसो मुख्य वक्ताको रुपमा सहभागी हुनेछन् । सम्मेलनमा ५ सयभन्दा बढी हाइ लेबल डेलिगेट्स सहभागी हुनेछन् ।
सम्मेनलमा ७ वटै प्रदेशका लागि १/१ वटा स्टल समेत उपलब्ध गराउने भएको छ । सिएनआइले यो पूर्वाधार सम्मेलनलाई क्षेत्रीय विकासको आधारको रुपमा समेत हेरेको जनाएको छ । सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले सहभागिता जनाउँदै छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x