Date

बिहि, असार १९, २०८२
Thu, July 3, 2025

जलविद्युत क्षेत्रमा लगानी गर्न उर्जामन्त्री पुनको आग्रह

जलविद्युत क्षेत्रमा लगानी गर्न उर्जामन्त्री पुनको आग्रह

काठमाडौं,२५ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न  विदेशमा रहेका नेपाली समुदायलाई आह्वान गरेका छन् । विश्व उर्जा सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्स्को अबुधावी पुगेका मन्त्री पुनले नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा उर्जा क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै आफ्नो आर्थिक अवस्थाअनुसार लगानी गर्न नेपाली समुुदायका प्रतिनिधिलाई आग्रह गरेका हुन ।

 सरकारले १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेर आकर्षक आयोजना अघि बढाएको जानकारी गराउँदै उहाँले नेपालमा लगानी गरी आफ्नो पूँजी उत्पादनमुलक क्षेत्रमा लगानी गरी प्रतिफल हासिल समेत आग्रह गरे । विदेशमा रहेका नेपालीलाई लक्षित गरेर उर्जामन्त्रालयले रेमिट हाईड्रोको सुरुवात गरिने पनि उनेले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *