१ अर्ब ६० करोडको आईपिओ जारी गर्दै नेपाल पुर्नबिमा कम्पनी

काठमाडौ २५ भदौ । नेपाल पुर्नबिमा कम्पनीले १ अर्ब ६० करोड रुपैया बराबरको प्राथमिक सेयर जारी गर्ने भएको छ । आईपिओ निष्काशनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन समेत दिएको छ ।

८ अर्ब ४० करोड चुक्ता पूँजी पुर्नबिमा कम्पनीले आईपिओ जारी पछि कम्पनीको पूँजी १० अर्ब रुपैयाँ पुग्नेछ । आईपिओ निष्काशनका लागि आरबिबि मर्चेण्टलाई व्यवस्थापक नियुक्त गरेको छ । कम्पनीले गत आवमा १ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *