मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा

काठमाडौं, २५ भदौ । मुक्तिनाथ विकास बैंकअन्तर्गतको साना तथा लघु बैंकिङ्ग, पर्सा शाखामा सदस्य रहेका मनमाया मगरको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत यस्तो कार्य गरेको जनाएको छ । उक्त रकम स्व. मनमाया मगरको छोरा अशोक मगरलाई खैरहनी नगरपालिका वडा नं २ का वडा अध्यक्ष टिकादत्त ईटनी, बैंकको पर्सा शाखाका शाखा प्रमुख विश्व क्षेत्रीले एक लाख त्रिचालिस हजार सात सय चौरासी रुपैंया बराबरको चेक हस्तान्तरण गरेका हुन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *