समृद्धिका लागि प्रविधिको प्रयोगमा जोड : सञ्चार मन्त्री बाँस्कोटा

काठमाडौं, २५ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले समृद्ध नेपालको लागि प्रविधिको प्रयोगमा जोड दिएका छन । इकोनोमिक्स टाईम्स र नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘विजनेस इन्ट्याक्ट अफ डिजिटल ट्रान्सफरमेसन’ विषयक गोष्ठिमा मन्त्री बाँस्कोटाले विश्वमा आएका प्रविधिलाई अवलम्बन गरेर अगाडी बढ्दै समृद्धि हाँसिल गर्ने सरकारी योजना रहेको बताए ।

प्रविधिको प्रयोगलाई प्राथमिकता दिन सरकार, निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको पनि उनले बताए ।

त्यस्तै, कार्यक्रममा उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पछिल्लो समयमा सूचना प्रविधिमा आएको परिवर्तनले उद्योग धन्दा संचालन गर्न सहजता पुगेको भएपनि यसमा निजी क्षेत्रहरुले चनाखो हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा एसबीआई बैंक भारतका नायव प्रवन्ध निर्देशक एवं सूचना अधिकारी धनंजय अंतांबेले सूचना प्रविधिको रुपान्तरणबाट निजी क्षेत्रले कसरी उद्योग व्यवसाय सञ्चालन गर्न सक्छन्ु भन्नेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *