Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल लगानीका लागि सुरक्षित छ : अर्थमन्त्री खतिवडा

नेपाल लगानीका लागि सुरक्षित छ : अर्थमन्त्री खतिवडा

काठमाडौं, २५ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल लगानीका लागि सुरक्षित मुलुक भएको बताएका छन् । राजधानीमा बुधबारदेखि सुरु भएको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले नेपालका जुनसुकै क्षेत्रमा लगानी गर्दा २५ प्रतिशतसम्म प्रतिफल पाउने भन्दै लगानीका लागि आग्रह गरे ।

मन्त्री खतिवडाले नेपालमा पूर्वाधारमा लगानी गर्नेहरुका लागि करमा सहुलियत दिएको बताए । नेपालका जुनसुकै क्षेत्रमा लगानी गर्दापनि सुरक्षित हुने मन्त्री खतिवडाले जानकारी दिए । उनले भने–‘लगानीका लागि अहिले महत्वपूर्ण क्षेत्रका रुपमा ऊर्जा र पर्यटन देखिएका छन् । यी क्षेत्रमा गरिएको तपाईहरुको लगानी खेरा जाने छैन् ।’ त्यस्तै लगानी भित्र्याउन कुनै कानूनी जटिलता भए त्यसलाई समाधान गरेर अगाडी बढ्ने बताए । त्यसको लागि छलफल गरी व्यवसायीहरुले सरकारलाई सुझाव दिन आग्रहसमेत गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x