Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

आगामी मंसिरदेखि विद्युतीय माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता पाइने

आगामी मंसिरदेखि विद्युतीय माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता पाइने

काठमाडौं,२६ भदौ । सरकारले आगामी मंसिरदेखि उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा मूल्य अभिवृद्धि कर (भ्याट)को १० प्रतिशत रकम फिर्ता गर्ने भएको छ । सरकारले तयार गरेको बजेट कार्यान्वयन कार्ययोजना अनुसार बजेटमा ब्यवस्था गरिएअनुसर विद्युतीय माध्यमबाट भुक्तानी गरेबापत मूल्य अभिवृद्धि कर (भ्याट)को १० प्रतिशत रकम मंसिरबाट फिर्ता गर्न लागिएको हो । यो व्यवस्थाअनुसार भुक्तानीकर्ताको बैंक खातामा फिर्ता रकम जम्मा हुनेछ। त्यसरी जम्मा हुने रकममा अग्रिम कर कट्टी हुने छैन । कार्ययोजना अनुशार कात्तिकदेखि औद्योगिक क्षेत्रका रुग्ण सार्वजनिक संस्थान पुनः सञ्चालनमा ल्याउने बताएको छ। औद्योगिक क्षेत्रका रुग्ण सार्वजनिक संस्थान पुनः सञ्चालन गर्न निजी क्षेत्रसँग सहकाय गर्ने बजेटमा उल्लेख छ। यस्तै सार्वजनिक संस्थानमा नागरिकको अपनत्व अभिवृद्धि गर्न सार्वजनिक–निजी–सहकारी साझेदारीमा सञ्चालन गर्नेछ। अहिले सार्वजनिक–निजी–सहकारी साझेदारीमा सञ्चालन गर्न सकिने रुग्ण संस्थानको पहिचान भइरहेको छ। यसै गरी असोजदेखि सुनचाँदीलगायत निक्षेपका रूपमा बैंकमा जम्मा गर्न पाउने व्यवस्थासहित नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न कार्ययोजना तयार पारिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x