सन २०२२ सम्म अरुण तेस्रो परियोजना सम्पन्न गर्ने भारतीय उर्जामन्त्रीको प्रतिवद्धता

काठमाडौं,२६ भदौ । भारतीय उर्जामन्त्री आर के सिंहले अरुण तेस्रो परियोजना सन २०२२ सम्म पुरा गर्ने बताएका छन् । परियोजानको अवलोकन भ्रमण सकेर नेपाल पूर्वाधार सम्मेलनको उद्घाटन सत्रलाई संवोधन गर्न पुगेका सिंहले तीन बर्ष भित्रै अरुण तेस्रो परियोजना सम्पन्न गर्ने बताए । अरुण तेस्रो परियोजान नेपाल भारत दुवैका लागि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री सिंहले नेपालको उर्जा उत्पादन बढाउन सकेमात्र आर्थिक वृद्धि सहज हुने बताए । सडक उर्जा शिक्षा स्वास्थ्य लगायतका पूर्वाधाको विकासले मुलुकको समृद्धि हुने भन्दै नेपालको विकासमा भारत साथै रहने भन्दै स्वदेशी तथा विदेशी लगानी कर्तालाइ लगानीका लागि आग्रह गरे ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले आज यहाँ उद्घाटन गर्दै नेपालमा लगानीको वातावरण बनेकाले ढुक्क भएर काम गर्न आग्रह गरे । कार्यक्रममा सभामुख कृष्णबहादुर महराले पर्यटन, ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकता रहेको बताए । नेपालकै स्रोतले नभ्याउने भएकाले विदेशी लगानीकर्ताको समेत सहयोग लिन वातावरण गरिने महराको भनाई थियो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउदै भावना र भावुकतामा कुनै पनि योजना अघि नबढाइएको बताए ।

गणतन्त्र कोरियाका पूर्व प्रधानमन्त्री डा हान सेउङ सूले पूर्वाधार विकासमा विभिन्न देशका अनुभव आदानप्रदान गर्न सम्मेलन सहयोगी सिद्ध बताए । सांसद विनोद चौधरीले विभिन्न समस्याका बाबजुद नेपालमा ८० प्रतिशत निजी क्षेत्रको लगानी रहेको सुनाए। कार्यक्रममा प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं– २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेशं– ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आ–आफ्ना प्रदेशमा भइरहेका पूर्वाधार विकासका कामको जानकारी गराउनुहुँदै ढुक्क भएर लगानी गर्न आह्वान गरेका थिए ।

विश्व बैंकका उपाध्यक्ष जिङदोङ हुआले सगरमाथा र बुद्ध जन्मिएको देशमा पूर्वाधार विकास निर्माणको राम्रा सोच आउने विश्वास व्यक्त गरे । एशियाली विकास बैंकका महासचिव ऊचोङ उम्ले मेलम्ची खानेपानी आयोजना र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण जस्ता पूर्वाधारमा ऋण सहयोग गरेको उल्लेख गर्नुहुँदै सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नेपाल उद्योग परिसङ्घले आयोजना गरेको दुई दिने सम्मेलनमा स्वदेशी र विदेशी गरी ५०० भन्दा बढी लगानीकर्ताको सहभागिता छ । सम्मेलन आज पनि जारी रहने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *