Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

एनआईसी एशिया बैंककोे शाखा बैतडीको पाटनमा

एनआईसी एशिया बैंककोे शाखा बैतडीको पाटनमा

काडमाडौं, २७ भदौ । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ शाखा कार्यालय बैतडीको पाटनमा सञ्चालनमा आएको छ । बैंकले बैतडीको पाटन नगरपालिका वडा नं. ६ मा बिहीबार उक्त शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । शाखाकोे उद्घाटन पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्दले गरेका हुन् ।

उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहकहरुलाई बैंकको सेवा प्राप्त गर्न थप सहज हुने जनाइएको छ । हाल बैंकले २ सय ९८ शाखा कार्यालय, ३ सय ५५ एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x