अन्तर्राष्ट्रिय महिला उद्यमशिलता सम्मेलन सुरु
काठमाडौं, २७ भदौ । ५ औं अन्तर्राष्ट्रिय महिला उद्यमशिलता सम्मेलन काठमाडौंमा सुरु भएको छ । उक्त सम्मेलनको आज अर्थमन्त्री डा.युवराज खतिवडाले उद्घाटन गरेका हुन् । भोलीसम्म चल्ने सम्मेलनमा २० देशका झण्डै ८० भन्दा बढी महिला उद्यमी तथा नीति निर्माताहरुको सहभागिता रहेको छ । सम्मेलनमा पर्यटन, कृषि, बैंक तथा वित्तीय संस्थाहरुमा महिलाहरुले हाँसिल गरेका सफलता र भोग्दै आएका समस्याबारे छलफल हुनेछ ।
महिला उद्यमशिलता विकासका लागि दक्षिण एशिया महिला विकास मञ्चले यस्तो सम्मेलन आयोजना गर्दै आएको छ । सम्मेलनको उद्घाटनमा बोल्दै मञ्चकी अध्यक्ष प्रमिला रिजाल आचार्यले ग्रामिण स्तरमा महिलाहरुको उद्यम विकासका लागि सहज र सरल रुपमा राष्ट्रिय वाणिज्य बैंकले ऋण प्रवाह गरेकोले महिलालाई उद्यमी बन्न सहज भएको जानकारी दिईन् ।